1 year ago
December 23, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यसै महिना हुने भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुरको च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा प्रतियोगिता हुने महासंघले शनिबार पत्रकार सम्मेलनमा जानकारी दियो।
पुस २३ देखि २८ गते सम्म हुने प्रतियोगिताको विजेता टोलीले २ लाख , दोस्रोले १ लाख २० हजार , तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार राखिएको बताइएको छ।
प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार राखिएको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराए ।
विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ। जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरि चार समूह वर्गीकरण गरिएको छ।
जस अनुसार समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहने छन्।
समूह बि मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सि मा यु१९ र मूह डि मा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब , ललितपुर स्पोर्ट्स क्लब , गजुरमुखी चेस क्लब , गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, हिमालयन चेस क्लब लगायत सातै प्रदेशका टिमहरुको सहभागिता रहने महासंघका महासचिव धरम बहादुर लामाले प्जानकारी गराए।
प्रतियोगिता सञ्चालनमा गर्न ३१ लाख रुपैयाँ खर्च हुने अनुमान छ । बागमति प्रदेश खेलकुद परिषद् , राष्ट्रिय खेलकुद परिषद , स्थानीय तह , शुभेच्छुक संघ संस्था र व्यक्तिहरुको प्रतियोगितामा सहयोग रहने महासंघका कार्यवहाक अध्यक्ष हेराकाजि महर्जनले जानकारी दिए ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]