default_image

1 year ago

December 22, 2023

कप्तान मानबहादुरको बढुवा

15443 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद)- राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ सेनाको हवल्दारमा बढुवा भएका छन्।

मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । २०७१ मा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ मा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए।

त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत रहेका उनले सेनामा २०७४ मा स्वीकृती पदक र २०७५ मा प्रधानसेनापति प्रशंसा पदक प्राप्त गरेका थिए।

१९ औं एसियाली खेलकुदबाट नेपाली भलिबल टोलीको‌ कप्तानी सम्हालेका मानबहादुर काभा बीच भलिबलका रजत पदक विजेता टोली हुन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.