default_image

1 year ago

December 16, 2023

भलिबल खेलाडी टेकराज सम्मानित

2543 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्।

बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् ।

नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद विकासमा योगदान पुर्‍याएको भन्दै टेकराजलाई युवा पुरस्कारबाट सम्मानित गरिएको हो।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई स्वर्णपदक र १० हजार रुपैयाँ प्रदान गरेका थिए।
डडेल्धुरा जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी भोजराज अवस्थीले टेकराजलाई पुरस्कारका लागि डडेल्धुरा जेसीजले सिफारिस गरेको थियो ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.