1 year ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल हकी संघले मंगलबार वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मा भएको कार्यक्रममा हकी संघले कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले पुसमा हेटौडामा अन्तरनगरपालिका हकी प्रतियोगिता आयोजना गर्ने बताएको छ । जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हकी प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता हुनेछ ।
त्यस्तै विराटनगरमा चैतको अन्तिम साता गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हकी प्रतियोगिता हुने जनाइएको छ । मदन भण्डारी कप पहिलोपटक हुन लागेको हो भने सहाना प्रधान र गिरिजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।
त्यस्तै बैशाख अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता गर्ने हकी संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । उक्त प्रतियोगिता हेटौडा वा चितवनमा गर्ने संघको योजना छ । जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हकी प्रतियोगिता गर्ने संघको तयारी छ । काठमाडौं वा ललितपुरमा भेट्रान कप गर्ने र त्यसको मिति पछि तय गरिने छ ।
संघको पहिलो वार्षिक कार्यक्रमका रुपमा रहेको डिएनएसएस लेभल– २ प्रशिक्षक तालिम मंगलबार सम्पन्न भएको छ । एनओसीको सहयोगमा भएको तालिमको समापनका अवसरमा संघले वार्षिक कार्यक्रम घोषणा गरिएको हो । साताव्यापी तालिममा १९ प्रशिक्षक सहभागी थिए ।
सहभागीलाई एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले प्रमाण पत्र वितरण गरे । सोही अवसरमा नेपालका पहिलो हकी प्रशिक्षक अशोकराज पाण्डेलाई सम्मान गरिएको थियो । एनओसी अध्यक्ष श्रेष्ठ र हकी संघका अध्यक्ष अनिलप्रसाद शर्माले पाण्डेलाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरि सम्मान गरे ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]