default_image

1 year ago

December 5, 2023

ओलम्पियन विष्टलाई राखेपमा नयाँ जिम्मेवारी

719 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यक्तिगत खेलमा सर्वाधिक सफल नेपाली खेलाडी ओलम्पियन दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् ।

फाइल तस्बिर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका पूर्व खेलाडी विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार नयाँ जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ ।

विष्टले दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण र एसियाली खेलकुदमा दुई कास्य पदक जितेका थिए । सागमा लगातार ४ स्वर्ण र दुई वटा एसियाडमा पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् । उनले सन् १९९९ मा काठमाडौं भएको आठौं, पाकिस्तान (२००४) मा नवौं, श्रीलंका (२००६) दसौं र बंगलादेश (२०१०) मा दसौं सागमा तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए ।

विष्टले २००२ को बुसान एसियाड र २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए । विष्ट छनोट चरण पार गरेर ओलम्पिकमा छनोट हुने समग्रमा दोस्रो र पुरुषमा पहिलो नेपाली खेलाडी पनि हुन् । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औं ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए ।

त्यसअघि छनोट चरण पार गरेर तेक्वान्दोकै संगिना वैद्यले २००४ मा एथेन्स ओलम्पिक खेलेकी थिइन् । विष्ट २०६५ साल साउन २० गते तेक्वान्दो प्रशिक्षकको रुपमा राखेप सेवा प्रवेश गरेका थिए । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेका विष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष हुन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.