default_image

1 year ago

December 3, 2023

भारतीय सुभयानले जिते एसियाली बुद्धिचाल उपाधि

389 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)-भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले एसियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

सुभयानले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंकसहित उपाधि जिते । उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।
सुभयानले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेन माथि जित हात पार्दै एकल विजेता बनेका छन्।

नेपाल बुद्धिचाल महासंघको तत्वबधानमा नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगितामा ७/७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले ७५ र तश्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रित सिं ४० हजार रुपैयाँ जित्न सफल बनेका छन्।

होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ , एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल बनेका छन्।

यसैगरी हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल भए ।

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनि रानासिंघे महिला प्रथम , इसानाभि दोश्रो, बेष्ट युथ १०- इस्माइल सिद्धिकि, ओम कश्यप, १२- कुमार भमरद्वाज, अविन पाण्डे, १४- आयुश डेमानराउरा, अत्रिञ्जय, १६- देव राज , पुरुषोत्तम सिलवाल, १८- कमद मिश्र, मुहान श्रेष्ठ, बेष्ट अनरेटेड रसिक सिद्धिकि,स्वर्णिम दुवाल, अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगि, शिभम चौधरी, अन्डर १९००रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमश: फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण एवं समापन समारोहमा प्रमुख अतिथि बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री मा. कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, पाब्सनका, बागमती, अध्यक्ष केशव लाल श्रेष्ठवाट सम्पूर्ण विजयी खेलाडीहरुलाई ५ लाख ८७ हजार ५ सय , ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगिताको डिरेक्टर तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले आगामी साल जिम नर्म प्रतियोगिता गर्ने घोषणा गरे।

मन्त्री मोक्तानले एसियाली स्तरको बुद्धिचाल खेल प्रवर्द्धन गर्न बाग्मती प्रदेश सरकार र प्रदेश खेलकुद बिकास परिषद् हातेमालो गर्न तत्पर रहेको बताइन् ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.