1 year ago
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हेटौंडामा जारी हेटौंडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न भएका छन् ।
भारतका सुभयान कुण्डु, बंगलादेशका आइएम मोहमद मिजाउदिन, फिडे मास्टर मोहमद सरिफ हुसैन नयेम हक, भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके समान ३ अंक सहित संयुक्तरूपमा शीर्ष स्थानमा छन् ।
२३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी कुण्डुले तेस्रो चरणमा नेपाली यु–१५ पुरुषोत्तम सिलवाललाई हराएका थिए । नेपालका सुश्रुत दाहाललाई मात दिदै दोस्रो वरियताका बंगलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुुल्न सफल भए ।
बंगलादेशी एफएम मोहमद सरिफले नेपालका राजन सुवेदीलाई र नयेम हक भारतनका मोहित कसमार सोनीलाई पराजित गरे । भारतीय एफएम अर्बिन्देर प्रित सिंहले भारतकै शसुन्तोष कुमारलाई पन्छाए भने एरिना एफएम सौरभ चौबेले भारतका अमित धोन्दियाललाई माथ दिए ।
यसैगरी भारतका श्रयण मजुम्दारले बंगलादेशका मोहमद रसिदलाई पराजित गर्न सफल भए । अमरदीप बर्ट्टकेले श्रीलंकाका खेलाडी सचिने रणसिंघे माथी बाजि मारे।
बंगलादेशी अन्तराष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिए, दुवैको समान २.५ अंक छ त्यसैगरी बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरिउम समान साढे दुई अंकका साथ पछ्याउँदै छैन ।
वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तराष्ट्रिय मास्टर(डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पुर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदीको २ अंक छ ।
त्यस्तै मोहित कुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंक जोड्न सफल भएका छन् ।
कुल ५ लाख ८७ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ठ १५ र क्याटवरी २३ गरी कुल ३८ जना खेलाडीले नगद पुरसकार प्राप्त गर्नेछन् । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको विशेष सहयोगमा तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघले संयुक्त रुपमा आयोजना गरेको हो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]