1 year ago
November 29, 2023
हेटौंडा (हाम्रो खेलकुद)- हेटौडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भएको छ ।
पहिलो चरणको खेलमा भारतीय सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन डब्लुआइएम सचिनी राणाशिंघे, नेपाली पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल लगायत सबै शीर्ष खेलाडीहरूले जितेका छन् ।
नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका पुरुषोत्तम सिलवाल, शुश्रुत दाहाल , धिरेन राई र टेक राईले पनि सफलता हाँसिल गरेका छन्।
त्यसैगरी पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई भारतीय खेलाडी पियुस कुमारसँग बराबरीमा रोकिए । नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल भारतीय १४३३ रेटिङ पंकज बोर्सेसंग पराजित भए।
नेपाल ,भारत, श्रीलंका र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद, बागमतीका सदस्य सचिव सूर्य लाल भण्डारी र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले संयुक्तरूपमा चेस गोटी चालेर उद्घाटन गरे।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेस खड्गीले सफलताको शुभकामना दिए । सदस्य सचिव भण्डारीले बागमती प्रदेश स्तर मै चेसलाई पाठ्यक्रममा राख्न आफू लागि रहेको जानकारी दिए।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]