default_image

1 year ago

November 28, 2023

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल हुने

554 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता जनाउनेछन् । अध्यक्ष श्रेष्ठले अहिलेसम्म १ सय १ जना खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिए ।

स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा खेलाडीलाई नाम दर्ताका लागि १० हजार रुपैयाँ शुल्क राखिएको छ । खेलाडीहरुका लागी खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने ७५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथो हुनेले २५ हजार, पाँचौँ हुनेले २० हजार, छैटौंदेखि दशौं हुनेले १५ हजार तथा ११ औं देखि १५ औं स्थान आउनेले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानिय लगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि झन्डै ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जिल्ला बुद्धिचाल संघका अध्यक्ष श्रेष्ठले बताए ।

March 31, 2025

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

Success

Thank you for your time.