default_image

1 year ago

November 28, 2023

४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर

659 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ ।

बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने मेघनाबाट खेल्नेछन् । उनीहरु ४ जना नै गत असोजमा चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुद (साग) मा नेपालले कांस्य पदक जित्दा टोलीका सदस्य थिए ।

बंगलादेशलाई हराएर नेपालले एसियाडमा कास्य पदक पक्का गरेको थियो ।टोलीको अफिसियलमा भगवती अधिकारी छिन् । टोली मंगलबार बंगलादे प्रस्थान गरेको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.