1 year ago
November 27, 2023
दिपक न्यौपाने, बुटवल
रुपन्देहीको सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता मंगलबार सुरु हुँदैछ। दुधराक्ष युवा क्लबको आयोजनामा मंसिर १२ देखि १६ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।
स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा हुने ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ , सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ७७ हजार ७ सय ७७ र तेस्रो हुने टोलीले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विष्णु प्रसाद पाण्डेले बताए ।
त्यस्तै चौथो टोलीले २२ हजार २ सय २२ रुपैयाँ पाउनेछ। विधागत उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ तथा सर्वाेत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।
क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलको प्रचार र खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद र खेलाडीको प्रोत्साहनका लागि प्रतियोगितामा प्रदेश खेलकुदको सहयोग रहने बताए।
सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजकुमार चौधरीले आफनी हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैयाँ सहयोग गरेका छन । प्रतियोगितामा लुम्बिनी प्रदेश र अन्य गरि १२ टोलीको सहभागिता रहनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।