1 year ago
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगलमा भएको भलिबल प्रतियोगिताका दौरान जाजरकोटका भूकम्प पीडितका लागि रकम संकलन भएको छ ।
खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत), प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) को पहलमा खेलकुद विकास समिति जाम्भुजिरा दाे मार पोर्चुगलमै पहिलोपटक ‘बी’ लेभल (राष्ट्रियस्तरको खेलाडी बाहेक) को प्रतियोगिता आयोजना र सांस्कृतिक (देउसी–भैलो) कार्यक्रमबाट संकलन गरिएको १ लाख १४ हजार २ सय २४ रुपैयाँ नेपाल भलिबल संघलाई प्रदान गरिएको अध्यक्ष तथा संयोजक सोवित राना मगरले जानकारी गराए ।
‘देश बाहिर रहेपनि भलिबलको माया र नाताले सहयोग पठाएका छौं ।’ अध्यक्ष रानाले भने, ‘यो सहयोग भूकम्प प्रभावित जाजरकोटको लागि हो । राष्ट्रिय तथा विभागीय नेपाल पुलिस क्लबकी ओपन स्पाइकर कामना विष्ट पनि जाजरकोटकै हुनुहुन्छ । भूकम्पले भलिबल खेलाडी पनि प्रभावित भएको थाहा पाए, भलिबलकै मायाँले भलिबल प्रतियोगितासँगै देउसी–भैलो कार्यक्रम गरेर रकम संकलन गरेका छौं । सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चहान्छु ।’
रकम संघलाई उपलब्ध भइसकेको र केहि दिनमा नै जाजरकोट जिल्ला प्रशासनलाई हस्तान्तरण गरिने नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । संघले पोर्चुगलमा रहेको खेलकुद समिति र सहयोगीहरुलाई धन्यवाद दिएको छ । यसअघि संघले जाजरकोट भुकम्पले प्रभावित भएको क्षेत्रमा राहत रकम स्वरुप रु १ लाख र ५० हजार रुपैयाँ जिल्ला प्रशासनमार्फत हस्तान्तरण गरेको थियो ।
पोर्चुगलमा रहेकाे गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका सह कोषाध्यक्ष तिलक प्रसाद गैरे, जीवन थापा, कलाकार जेवी ओली, खगिसरा न्यौपाने, मेकु घर्ती, सुनिता तामाङ, राम कँडेल, जगन गुरुङ, समर खत्री, पूर्ण बहादुर विश्वकर्मा, कोपिल हर्मेलसँगै विभिन्न संघ संस्था र नेपाली समुदायले सहयोग गरेका छन् ।
नोभेम्भर १२ तारिखमा भएको प्रतियोगिताको फाइनलमा बुझनिक कम्पनीलाई पराजित गर्दै आयोजक खेलकुद बिकास समिति जम्बुजिरा दो मारले उपाधि जित्न सफल भएको थियो । उपाधि विजेता जम्बुजिरा दो मारले ४ सय युरो, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको बुझनिकले २ सय युरोसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
सर्वाेत्कृष्ट खेलाडीले एक थान भलिबल र उत्कृष्ट स्पाइकरलाई ट्रफी प्रदान गरिएको छ । भलिबल सुन्दर नेपालीले तथा ट्रफी गण्डकी प्रदेशका पूर्व खेलाडी तथा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेका योकेन्द्र गुरुङले प्रायोजन गरेको थियो ।
जाजरकोट केन्द्रविन्दु भएर गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबाट ३४ हजार ५०१ घरधुरीका १ लाख ८० हजार नागरिक प्रभावित, ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।