1 year ago
November 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)- दोलाखाका आशिष फुयालले शनिबार राष्ट्रिय खुुुुल्ला र्यापिड बुुुुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
आशिषले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसंग नवौं चरणको खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि जितेका थिए। उपाधिसहित उनले २५ हजार रुपैयाँ पाए।
७ अंक जोडेका बद्री दोस्रो स्थानमा रहे । बद्रीले १५ हजार रुपैयाँ पाए । ललितपुरका सरोज महर्जनको पनि ७ अंक नै भए पनि बद्रीसंग ट्राइ बेकरमा पछि रहेर तेस्रो स्थान रहे । १० हजार रुपैयाँ प्राप्त गरेका उनले नवौ चरणको खेलमा श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका थिए।
फिडे मास्टर क्षितिज भण्डारी चौथो स्थानमा र वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल पाँचौ स्थानमा रहे । केशवले ८ हजार र रुपेशले ७ हजार रुपैयाँ पुरस्कार पाए।
काठमाडौका सुदिप तामाङ छैठौ , केशव श्रेष्ठ सातौं , ललितपुर स्पोर्ट्स क्लबका कुसल बेलबासे आठौं, ललितपुरका सानुराज बज्राचार्य नवौ र काठमाडौका हेमराज भण्डारी दसौं भए।
शंखरापुर युथ क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा काठमाडौका नवीन तण्डुकार भेट्रानतर्फको उपाधि जिते । अनरेटेडमा विजेश राजकर्णिकार पहिलो स्थानमा रहे।
त्यसैगरी महिलातर्फ पुर्णिमा गुरुङ प्रथम र सिन्दिरा जोशी दोस्रो भइन् । यु १२ मुनि काठमाडौका एन्जेल महर्जन , यु१४ बर्ष मुनि अध्यन्त काफ्ले र यु १६ तर्फ प्रज्वल चौलागाईं विजयी भएका छन्।
शंखरापुर युथ क्लबका कृष्णभक्त श्रेष्ठका सभापतित्वमा भएको समापन समारोहमा शंकरापुर नगरपालिका प्रमुख रमेश नापित, उप प्रमुख संमिता श्रेष्ठ , बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन लगायतले विजेता खेलाडीहरुलाई पुरस्कृत गरेका थिए। ३५ जिल्लाका ८८ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]