10 years ago
August 12, 2015
गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले ४४ अंक जोडे ।
तेश्रो स्थानका लागि भएको खेलमा आइडियल उमाविले सन्जिवनी वैकल्पिक उमाविलाई २९०–१८० ले हरायो । आइडियलका अल्विस राना मगरले सर्वाधिक ८५ अंक बटुले ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले पुरस्कृत गरे ।
परम्परागत तथा मौलिकता बोकेका खेललाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले राखेपद्वारा आयोजित दुईदिने प्रतियोगितामा उपत्यकाका ९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]