1 year ago
November 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)- साढे दुई दशक पछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुनेभएको भएको छ।
पुरुष भलिबलको ३४ औं संस्करण पुस २० देखि २५ गतेसम्ममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने नेपाल भलिबल संघ शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपिएफ) गरि १० टोलीको सहभागिता रहने छ ।
२०५५ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिता सुर्खेतमा भएको थियो । त्यसयता पहिलो पटक राष्ट्रिय भलिबल हुन लागेको कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष इश्वरबहादुर शाहीले जानकारी दिए।
प्रतियोगिता सहभागी खेलाडी, अफिसियलहरुको सम्पूर्ण खर्च कर्णालीले व्यवस्थापन गर्ने छ । उपाध्यक्ष शाहीले प्रतियोगिताका लागि प्रदेश सरकारबाट ४४ लाख ५ सय ६० रुपैयाँ विनियोजन भएको बताए । त्यस्तै कर्णाली प्रदेश खेलकुदले ५ लाख र नेपाल भलिबल संघले २ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।
प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ५० र तेस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका उत्कृष्टले समान ५ हजार र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।