1 year ago
October 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा चयन भएका छन् । महासंघको कार्यसमितिको नवौं बैठक अघि अध्यक्ष विदुर प्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए ।
गौतमको समेत उपस्थिति रहेको बैठकले राजीनामाको स्वीकृति गर्दै महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकार सहित महर्जनलाई महासंघको कार्यवहाक अध्यक्ष चयन गरेको महासंघले जनाएको छ । अध्यक्ष गौतमले कार्यव्यस्तताको कारणले राजिनामा दिए पनि आफूले भ्याएसम्म महासंघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।
२०५५ सालमा बुद्धिचाल खेलाडी भएर खेल जीवन सुरु गरेका महर्जन २०६२ सालमा हेरा बहादुर स्थापित अध्यक्ष रहँदा पहिलो पटक कार्य समितिमा प्रवेश गरेका थिए । त्यसपछि उनी संघको सचिव , महासचिव , उपाध्यक्ष हुँदै २०८० वैशाखमा सम्पन्न साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
महर्जन २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका थिए । पद भार ग्रहण गर्दै कार्यवाहक अध्यक्ष महर्जनले बुद्धिचाल खेल विकास र विस्तारका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]