default_image

11 months ago

October 20, 2023

एसियन सुटिङ खेल्ने टोलीको विदाई

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको चाङवनमा आयोजना हुने १५ औं एसियन सुटिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्र्पा गर्ने भएका छन् ।

आइतबार चाङवन अन्तर्राष्ट्रिय सुटिङ रेन्जमा सुरु हुने प्रतियोगतामा नेपालका तर्फबाट सुस्मिता नेपाल र विपेश खड्काले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक छात्रवृति प्राप्त सुस्मिताले १० मिटर एयर राइफल र विपेशले १० मिनेट एयर पेस्टोलमा सहभागिता जनाउने छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार खेलाडीलाई विदाई गरे । अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीको सफलताको कामना गर्दै यस अवसरलाई ओलम्पिक्सको छनोटका रूपमा उपयोग गर्न बताए ।

एसियन सुटिङ च्याम्पियनसिप ओलम्पिक्स छनोटको एक प्रतियोगिता रहेको छ । कार्यक्रममा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतको उपस्थिति थियो ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.