1 year ago
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा अर्को हार बेहोरेको छ । उज्वेकिस्तानविरुद्ध शनिबार भएको खेलमा नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको छ ।
उज्वेकिस्तानले नेपाललाई २५–२२, २५–२० र २६–२४ ले हराएको थियो । ५ खेलमा २ खेल मात्र जितेको नेपालले ३ खेल गुमाएको थियो । साउदी अरेबियाविरुद्धको खेल शुक्रबार ३–२ ले गुमाएपछि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर भएको थियो । उज्वेकिस्तानपनि पराजित भएपछि नेपालको अवस्था कमजोर रह्यो ।
श्रीलंका १३ अंकसहित शीर्षस्थनमा रह्यो । फाइनल पुग्ने दोस्रो स्थानको उज्वेकिस्तानले १२ अंक जोड्यो । अफगानिस्तान, साउदी अरेबिया र नेपालको समान ६ अंक भएको छ । यसअघि नेपालले बंगलादेशलाई ३–१ को सेटमा तथा अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।
६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।