default_image

1 year ago

October 14, 2023

च्यालेन्ज कप भलिबल – नेपाललाई फाइनल पुग्न कठिन

2292 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न कठिन देखिएको छ ।

उज्वेकिस्तानविरुद्ध शनिबार (आज) हुने खेल जितेको अवस्थामा पनि अन्य खेलको नतिजाले नेपालको शीर्ष दुईमा पर्ने नपर्ने तय हुनेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

साउदी अरेबियाविरुद्ध खेल शुक्रार ३–२ ले गुमाएपछि नेपालको फाइनलको सम्भावना कमजोर भएको हो । उज्वेकिस्तानसँग पराजित भएको अवस्थामा नेपालले तेस्रो स्थानका लागि खेल्ने सम्भावना भने जीवित रहन सक्छ ।

लिगको चौथो चरणको समाप्तीमा आयोजक श्रीलंका १० अंकसहित शीर्षस्थानमा छ । ९ अंकसहित उज्वेकिस्तान दोस्रो, समान ६ अंक रहेको अफगानिस्तान तेस्रो र नेपाल चौथो स्थानमा छ । पाँचौं स्थानको साउदीको ३ र बंगलादेशको २ अंक छ ।

उज्वेकिस्तान र नेपालको खेलअघि पहिलो खेलमा साउदी र अफगानिस्तान तथा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तानले साउदी र नेपालले उज्वेकिस्तानलाई हराएको अवस्थामा नेपाल, अफगानिस्तान, उज्वेकिस्तानको समान ९ अंक हुनेछ । श्रीलंका भने अन्तिम खेल अघि नै फाइल पुगिसकेको छ ।

च्यालेन्ज कपमा नेपालको २ खेलमा हार बेहोरिसकेको छ । यसअघि नेपालले बंगलादेशलाई ३–१ को सेटमा तथा अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.