default_image

11 months ago

October 13, 2023

काठमाडौं म्याराथनको १५ औं संस्करण भोली

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १५औं संस्करण शनिबार आयोजना हुँदैछ । आयोजक एनआरएस फाउन्डेसनले म्याराथनको सबै तयारी पूरा भएको जनाएको छ ।

पछिल्लो १७ वर्ष कोरोनाका कारण दुई वर्षबाहेक हरेक वर्ष आयोजना भइरहेको छ । त्रिुपरेश्वरस्थित दशरथ रंगशाालाबाट सुरु हुने यसपटकको काठमाडौं म्याराथनमा म्याराथन (४२.१९५ किमी), हाफ म्याराथन, ५ किमी दौड खुल्ला, स्कुल, फ्यामीली रन गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । आमन्त्रित हिडाइ समेत राखिएको छ ।

सबै दौडमा गरि १ हजार ५ सय भन्दा बढीको सहभागिता रहने आयोजकको अनुमान छ । ३० भन्दा बढी विदेशी खेलाडीले यसपटक विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । म्याराथन तर्फ पुरुष र महिला विजेताले समान १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो वर्ष स्वास्थ्य मन्त्रालयको सहकार्यमा ‘नेपाल रन्स फर डिजिटल हेल्थ’ राखिएको छ । स्वास्थ्य मन्त्रालयको ९० दिन देश भरका पालिका हरुमा गर्ने कार्यक्रमको सुरुवात पनि यसै काठमाडौं म्याराथन बाट सुरुवात गरिएको छ । काठमाडौं म्याराथनमा इनड्राइभ, सफल दुध, टोयोटा र क्याथे प्यासिफिक प्रायोजकका रुपमा रहेका छन् ।

ग्रान्डी अस्पतालमा सम्पूर्ण खेलाडीको लागि मेडिकल सेवा प्रदान गर्नेछ । यस्तै सम्पूर्ण खेलाडीहरूको एक दिने बीमा गरी, इन्सुरेन्स पार्टनरको रूपमा नेको इन्सुरेन्स रहेको छ । काठमाडौं उपत्यकाबासीलाई म्याराथन सन्चालनको सहयोगका लागि दौडको समयमा प्रयोग हुने रुटमा सवारी साधन नचलाइदिन समेत अनुरोध गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशाला बाट सुरु म्याराथन थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, तिब्वेतन क्याम्प, सातदोबाटो, कोटेश्वर, ठिमी, सूर्यविनायक चोक, भक्तपुर दरबार स्क्वायर, पुरानो ठिमी , पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, नारायण गोपाल चोक, लैनचौर, रानीपोखरी, भद्रकाली,सहिदगेट हुँदै दशरथ रंगशालामा एक चक्कर लगाएर पूरा हुनेछ ।

हाफ म्याराथन त्रिपुरेश्वरबाट सुरु भई थापाथली, कुपण्डोल, पुल्चोक, ग्वार्को, कोटेश्वर, तीनकुने, गौशाला, नारायण गोपाल चोक, लैनचौर, रानीपोखरी, भद्रकाली, सहिदगेट हुँदै दशरथ रंगशाला पुगेर टुंगिनेछ । त्यस्तै ५ किमी दौडका लागि त्रिपुरेश्वर, थापाथली, माइतीघर, हनुमानस्थान, अनामनगर, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सहिदगेट हुँदै दशरथ रंगशालाको रुट तय गरिएको छ ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.