1 year ago
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलम स्वागत गरिएको छ ।
करातेकी रजत पदक विजेता एरिका गुरुङ र महिला कबड्डी टोलीलगायत उनीहरुका प्रशिक्षक, व्यवस्थापकलाई सांसद बद्री पाण्डे, देवेन्द्र पौडेल, नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा र महासचिव दावा गुरुङ्ग, कर्मचारी संघका अध्यक्ष सरस्वती के.सी., पूर्व अध्यक्ष रञ्जन थापा लगायतले खेलाडीलाई स्वागत गरेका थिए ।
एसियाडमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडी सहभागी थिए । त्यसमा एरिकाले करातेको ६८ केजीमा रजत पदक जितेकी थिइन् । कराते इतिहासमा एसियाडमा नेपालले रजत पदक जितेको यो पहिलो अवसर हो । पहिलो सहभागितामा नै महिला कबड्डी टोली पदक जित्न सफल भएको थियो ।
खेलाडीहरुलाई विमानस्थलबाट नगरका विभिन्न स्थानको परिक्रमा गरि राखेपमा विशेष कार्यक्रमबीच स्वागत र सम्मान गर्ने कार्यक्रम भने स्थगित गरिएको थियो । इजरायलमा हमास आक्रमणबाट १० नेपालीको मृत्य भएकाले सरकारले मंगलबार शोक दिवस घोषणा गरेको थियो । त्यसै कारण राखेपले औपचारिक कार्यक्रम स्थगित गरेको थियो । राखेप परिसरमा पदक विजेता खेलाडीहरुको अनौपचारिक भेटघाट राखिएको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]