1 year ago
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ।
हाङ्गचौंमा आइतबार सम्पन्न एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भनेको र्याली स्थगित भएको छ । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेका कारणले र्याली स्थगित गरिएको हो ।
त्रिुपरेश्वरस्थित राखेप परिसरमा पदक विजेता खेलाडी को सम्मान कार्यक्रम हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक यसै पटक जितेको थियो । त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारीे रजत पदक जितेकी थिइन् ।
नेपालले १८ औं संस्करणमा प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको छ । सन् २००६ पछि पहिलो पटक नेपालले एक भन्दा बढी पदक जितेको छ । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कास्य पदक जितेको थियो ।
अहिले सम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडीले भाग लिएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]