1 year ago
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा मंगलबार नेपालले आयोजक टोलीको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ।
नेपाल र श्रीलंका दुबै टोलीले पहिलो खेलमा जित हासिल गरेको थियो। नेपालले बंगलादेशलाई ३-१ ले र श्रीलंकाले साउदी अरेबियालाई ३-० ले हराएको थियो।पहिलो दिनको अर्को खेलमा अफगानिस्तानले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएको थियो। नेपालले बंगलादेशलाई २५–२०,२०–२५,२५–२३ र २५–२१ ले हराएको थियो।
६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोजज २८ गते हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।