1 year ago
October 6, 2023
हाङ्गचौं (हाम्रा खेलकुद)– नेपाली राष्ट्रिय टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलको ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन खेलमा शुक्रबार नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएपछि ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको हो ।
हाङ्गचौं नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित ग¥यो । एसियाडमा नेपालको यो चौथो हार हो ।
समूह चरणमा नेपाल भियतनाम र दक्षिण कवरियासँग समान ३–० को नतिजमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ ले पराजित भएको थियो ।
नेपालले ११औं स्थानको लागि मंगोलियासँग शनिबार खेल्ने छ । मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।
कुस्तीमा सुशिलाको हार
कुस्तीमा नेपालकी सुशिला चन्द पराजित भएकी छिन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित गरिन् ।
अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासंग ८–० ले पराजित भएकी थिइन् ।
शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । १ सय २५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभ विरुद्ध खेल्ने छन् ।
पदकबाट विप्लव चुके
कराते खेलाडी विप्लवलाल श्रेष्ठले चीनको हान्झाउमा जारी १९ औं एसियाडको करातेमा शुक्रबार कास्य पदक जित्नबाट चुकेका छन् । लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथिको कास्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।
त्यसअघि १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । विप्लव क्वाटरफाइनलमा किर्गिस्तानका अलिदेत साडिकानोभसँग ५–१ ले पछि परे ।
विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने मौका पाए । रिपेचेजको पहिलो चरणमा बाई पाएका विप्लवले सोझै कास्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।
विप्लवका प्रतिद्वन्द्वी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर किर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न असफल भए । फाइनल पुग्न नसकेपछि उनले कास्य पदकका लागि खेल्नु प¥यो ।
हामेदीले टोकियो ओलम्पिक– २०२० का रजत तथा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदका कास्य पदक विजेता हुन् । महिला ६१ केजीमुनि नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५–१ ले पराजित भइन् ।
ब्रेकिङमा दीपक पराजित
हाङझाव एसियाडअन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङमा विधामा नेपालका दीपक लामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन् ।
पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् । प्रि सेलेक्सनमा कूल २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा दिपक २३ औं स्थानमा रहे । दिपक भन्दा पछि ताजिकिस्तानका दुई खेलाडी रहे ।
एसियाडको डान्स स्पोर्ट्समा सहभागी दीपक एक्लो नेपाली खेलाडी हुन् । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।
प्रि सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडी भने अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाली खेलकुदमा डान्स स्पोर्ट्स पहिलो पटक समावेश गरिएको हो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]