default_image

1 year ago

October 5, 2023

५ नेपाली खेलकर्मीलाई ओसिएको सम्मान

480 views

0 Bookmark


हाङ्गचौं (हाम्रो खेलकुद) – ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले बिहीबार नेपालका पाँच खेलकर्मीलाई कदर पत्रसहित सम्मान गरेको छ ।

हाङ्गचौं एसियाली खेलकुद (एसियाड) को प्रवर्द्धन तथा प्रचार प्रसारमा महत्त्वपूर्ण भुमिका खेलेकोले यो सम्मान गरेको हो । एसियाडको तयारीमा सहयोग गरेको र ओलम्पिक भावनालाई जनमानसमा पुर्याउन उल्लेखनीय काम गरेको भन्दै ओसिएले सम्मान गरेको जनाएको छ ।

सम्मान हुनेमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चुरानन्दराज बैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठले छन् ।

एसियाली खेलकुद आयोजना तयारी तथा प्रचार प्रसारका क्रममा एसियाली खेलकुद आर्ट प्रतियोगिता तथा एसियाली खेलकुद फन रनको नेपालका सफलतापूर्वक आयोजना गरिएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.