default_image

11 months ago

October 5, 2023

पोखरामा सेभन ए साइड फुटबल सुरु

425 views

0 Bookmark

विजय नेपाली,पोखरा

पोखरामा प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबार सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन ५ खेल सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २–१ ले हरायो । दिनको पहिलो खेलमा भुजुङ एफसीले आयोजक एट टु नाइनलाई ४–० ले पराजित गर्यो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४–० ले हरायो । अर्को खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५–१ ले पाखा लगायो ।

पाँचौं खेलमा एनवाईसी यएरपोर्टले कुमागाने एफसीबाट वाक ओभर पायो । दिनको अन्तिम खेलमा पसगाउले रबै एफसीलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ४० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको उद्घाटनम बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समूहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिए बताए । ३९ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीलले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.