1 year ago
October 5, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।
दुई चरणको हिट्समा सहभागी गणेश शुक्रबार सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।
दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् । बाँकी ६ खेलाडी बाहिरिने छन् ।
राजन १४ औं र पुष्पा १६ औं
एथलेटिक्सको म्याराथनमा नेपाली धावक पुष्पा भण्डारी र राजन रोकायालले पूरा गरेका छन् । पुष्पाले निर्धारित दूरी ( ४२.१९५) ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६ औं स्थानमा रहिन् ।
बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् । बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले स्वर्ण पदक जितिन् । उनले २ घण्टा २६ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
राजन पुरुषतर्फ १४ औं स्थानमा रहे । उनले २ घण्टा २३ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरेका थिए । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबिया र किर्गिस्तानका खेलाडीले दौड पूरा गर्न सकेनन् ।
चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । योसँगै एथलेटिक्समा नेपाली खेलाडीको सहभागिता सकिएको छ ।
करातेमा तीनै खेलाडी पराजित
करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरे । तीनै खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए ।
काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले हारे । एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।
कुस्तीमा सुवाङ्गी पराजित
कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित भएकी छन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गरिन् । पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोश्रोमा दुवैले अंक बटुल्न सकिनन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]