1 year ago
October 5, 2023
हाङ्गचौं (हाम्रो खेलकुद )- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को भारोत्तोलनमा नेपाली विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् ।
चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३ सय १ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे ।
यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौल समूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।
विशालले स्न्याचमा १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १ सय ६८ केजी र कुलमा ३ सय १ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १ सय २६ केजी, क्लिन एन्ड जर्कमा १ सय ६५ केजी र कुलमा २ सय ९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।
स्न्याचमा भने विशालले दोश्रो लिफ्टमा नै १ सय २७ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १ सय २१ केजी तौल उचालेका थिए । त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १ सय ६१ केजी वजन उठाएका थिए ।
दोश्रो लिफ्टमा विशालले १ सय ६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेश्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १ सय ७५ केजी तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् ।
नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]