default_image

1 year ago

October 4, 2023

काभा भलिबल च्यालेन्ज कप– नेपालसहित ६ टोलीले खेल्ने

3686 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु)– नेपाली राष्ट्रिय भलिबल टोलीले अर्को सातााबाट श्रीलंकामा सुरु हुने कामा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २२ गते सुरु हुने प्रतियोगितामा ६ टोलीको सहगिता रहेको छ ।

राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ गते बंलादेशसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानको खेल असोजज २८ गते हुनेछ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा भाग लिएर फर्केको नेपाली टोली त्यसपछि नियमित प्रशिक्षणमा रहेको छ ।

साझ ५ः०० बजे सम्पादन गरिएको ।

January 11, 2025

न्यु डायमण्डले रिमा र अलिशालाई बिदाइ गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ। न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धर क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको […]

January 11, 2025

सदभावलाई एतिहासिक स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – सदभाव आचार्यले३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन्। सदभाव यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने। नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागिता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो।ढाका स्थित कुर्मितोला गल्फ क्लबमा अन्तिम दिन शनिवार १-ओभर ७३ स्कोर बनाएका सदभावले समग्रमा ३-ओभर २९१ सहित […]

January 10, 2025

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]

Success

Thank you for your time.