1 year ago
October 4, 2023
सुबास हुमागाईं, हाङ्गचौ
नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ ।
समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको हो । नेपालले सेमिफाइनल जितेमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराउँदै नेपालले अघिल्लो चरणको यात्रा बलियो बनाएको थियो । साविक विजेता समेत रहेको इरानसँग नेपालले मंगलबार ४३-१९ को हार बेहोरेको थियो ।
अब नेपालले सेमिफाइनलमा भारत वा चाइनिज ताइपेइमध्य एक टोलीसँग खेल्नेछ । बुधबार साँझ समूह ए को बाँकी खेल सम्पन्न भएपछि नेपालको प्रतिद्वन्द्वी थाहा हुनेछ । सेमिफाइनल खेल शुक्रबार विहान हुनेछ ।
नेपाली कबड्डी टोलीले सरकारबाट प्राथमिकता नपाउँदा निकै कष्ट गरेर तयारी गरेको थियो । पछिल्लो एक महिना भारतको हरियाणा पुगेर धर्मशालामा प्रशिक्षण गरेको टोली नेपालका लागि पहिलो एसियाली खेलकुद सहभागितामै पदक जित्न सफल भएको हो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]