default_image

11 months ago

October 4, 2023

एसियाडको भलिबलमा भारतसँग नेपालको हार

5177 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ । दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग बुधबार भएको खेल नेपालले ३–१ ले गुमाएको थियो ।

भारतलाई कडा टक्कर दिनाका वावजुद नेपाल जितबाट चुकेको थियो । तेस्रो सेटमा एक समय ६ अंकको अग्रतालाई जोगाउन नसक्दा नेपालले अन्त्यमा त्यो सेट गुमाएको थियो ।

पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा नेपालले पुनः २५–२३ ले गुमाएको थियो । एक समय ६ अंक (१९-१३) को अग्रता लिएको नेपाल अन्तिम समयमा लय गुमाउँदा खेलमा पछि परेको थियो । चौथो सेटमा निकै हावी रहेको भारतले २५-१७ ले सहजै आफ्नो पक्षमा पार्यो ।

एसियाडमा अब नेपालले ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा भियतनाम र कोरियासँग पराजित भएको नेपालले नवौं स्थानको खेलमा छनोट हुनका लागि भारतसँग प्रतिस्पर्धा गरेको थियो । अब नेपालले हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग खेल्नेछ ।

चार वर्षअघि स्वदेशमा भएको दक्षिण एसियाली खेलकुद (साग) को फानइनलमा भारतलाई कडा टक्कर दिनका वावजुद नेपाली टोली ३–२ ले पराजित भएको थियो । गत वर्ष काठमाडौंमै भएको काभा महिला च्यालेन्ज कपमा पनि नेपाल भारतसँग पराजित भएको थियो । महिला भलिबलमा नेपालले अहिले सम्म भारतलाई हराउन सकेको छैन ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.