1 year ago
October 1, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत आर्चरीको पहिलो दिन आइतबार नेपालका चारै खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
महिलामा इमायुङ राई र मन्जु बजगाई तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।
फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।
स्क्वासमा हङकङसँग पराजित
एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । हङकङले नेपाललाई २–० को सोझो सेटमा हरायो । नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले पहिलो सेट ११–१ र दोस्रो ११–३ को प्रदर्शन ग¥यो ।
पुरुष सिंगल्सको अन्तिम ३२ मा नेपालका अमृत कुवेतका अब्दुल अलमेयेनबाट ३–० को सीधा सेटमा पराजित भए । अमृत ११–४, ११–२ र ११–५ ले हारेका थिउ । पुरुष सिंगल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिम्ह मलेसियाका मोहमद अदिनबाट ३–० ले पराजित भए । अरहान्तले ११–५, ११–३ र ११–३ को प्रदर्शन गरे ।
नेपालकी कृष्णा थापा महिला सिंगल्सको अन्तिम ३२ बाट बाहिरिएकी छिन् । अमृतकी सहोदर बहिनी कृष्ण दक्षिण कोरियाकी जियान लीविरुद्ध ११–३, ११–० र ११–३ ले पछि परिन् । महिला सिंगल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोन थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले हारिन् ।
फुलमतीको प्रदर्शनमा सुधार
फुलमति रानाले एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५ औं स्थानमा अन्त्य गरेकी छिन् । १७ जना सहभागी प्रतिस्पर्धामा फुलमति १५ औं भएकी हुन् । उनले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् ।
यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा ४ मिनेट ४९.२२ सेकेन्डको समयमा दौड पूरा गरेकी । आइतबार पूmलमतिले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।
यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य पदक जितिन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]