default_image

1 year ago

September 26, 2023

रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

7794 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाली खेलकुद (एसियाड) अन्तरगत पुरुष भलिबलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

पाँचौं स्थानको लागि मंगलबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पाकिस्तानले भारतमाथि ३–० को सोझो सेटमा सेटमा पराजित गरेको हो । सबै तीन सेटमा बलियो चुनौती पेश गरेपनि भारतले खेल आफ्नो पोल्टामा पार्न सकेन ।

चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियम हाङ्गचौमा पाकिस्तानले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा २०–२० को बराबरीबाट ब्लकबाट लगातार ४ अंक जोड्दै पाकिस्तान सेट पोइन्टमा पुगेको थियो ।

त्यसपछि भारतले सर्भिसमा गल्ती गरेपछि पाकिस्तानले पहिलो सेट जित्न सफल भयो । दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिएको पाकिस्तान २५–२० ले विजयी भयो । एक समय पाकिस्तान २२–१६ को बलियो अवस्थामा रहँदा भारतले पूनरागमन प्रयास गर्दै खेललाई २०–२४ को स्थितिमा ल्याएपनि भारतले पाकिस्तानलाई नतिजा सुम्पियो ।

रोमाञ्चक बनेको तेस्रो सेट पाकिस्तानले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेल जित्न सफल भयो । ५–५ को बराबरीबाट खेलमा फर्किएको पाकिस्तानले ९–६ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । लगातार खेलमा पछि परेको भारतले खेललाई २२–२३ को स्थितिमा ल्याउँदै दवाव बढाएपनि पाकिस्तानलाई नतिजा सुम्पन पुग्यो ।

यस जितसँगै १९औं एसियाली खेलकुद (एसियाड) अन्तरगत पुरुष भलिबलमा पाकिस्तान पाँचौं तथा भारत छैटौं भएको छ ।कतारलाई ३–१ को सेटमा पराजित गर्दै जापान तेस्रो भएको छ ।

स्वर्ण पदकका लागि चीन र इरानले प्रतिस्पर्धा गर्दैछ । नेपाल भने दुई खेलमा पराजित हुँदै बाहिरिसकेको छ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.