1 year ago
September 19, 2023
काठमाडौ (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाको वडा नं १३ र वडा नं १४ ले प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
वडा नं १३ र १४ ले मंगलबार भएको सेमिफाइनल जित्दै एकअर्कासँगको भेट पक्का गरेका थिए । लैनचौर फुटसल मैदानमा भएको सेमिफाइनलमा आरोन खड्काको गोलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो । आरोन खेलको म्यान अफ दि म्याच चुनिए ।
अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गर्यो । टोलीका लागि दुबै आशिष कपालीले गरे । आशिष खेलको म्यान अफ दि म्याच घोषित भए । फाइनल बुधबार हुनेछ ।
काठमाडौं महनगरका वडाहरुबीचको प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]