2 years ago
September 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघले सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् ।
टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले बताएका छन् । फोरममा अन्य देशका सहभागिले पनि आ आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए ।
‘हामीले संघले पछिल्लो दुई वर्षमा गरेका स्कुल टु ओलम्पिक, ओलम्पियन्स रियुनियनलगायत अन्य कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रमका दौरान प्रस्तुत गर्ने अवसर मिलेको थियो,’ विष्टले भने, ‘त्यसमा स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको छ । हामीले सहि कामको सुरुवात गरेको महसुस गरेका छौं ।’
देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको जनाउँदै विष्टले भने, ‘हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरिरहेको छौं, त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं ।’
फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहेको विष्टले बताए । सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र वल्र्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउसहित अधिकांश सहभागीबाट सकारात्मक प्रतिक्रिया पाएको विष्टले जनाए ।
वल्र्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष बोउजोउले आफूहरुको संघको तारिफ गरेको उल्लेख गर्दै विष्टले उनलाई मायाको चिनोको रुपमा संघकोतर्फबाट मयुर अंकित काठको आखीझ्याल हस्तान्तरण गरेको बताए ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]