1 year ago
September 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा मंगलबार भएको फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ ले पराजित गर्दै कलेज अफ बायोमेडिकलले उपाधि जितेको हो । २ गोलले पछि परेको कलेज अफ बायोमिडकलले उत्कृष्ट पूनरागमनसहित नतिजा आफ्नो पक्षमा पारेको थियो ।
बायोमेडिलका विप्लव थापा एक्लैले ४ तथा मन्जिल श्रेष्ठ र मनिष मगर समान १ गोल गरे । काष्ठमण्डपका लागि सुजन थापाले २ , विकास महर्जन, सन्जित क्षेत्री र कृष्ण दुलालले समान १ गोल गरे । बायोमेडिकलले उपाधिसहित १ लाख र काष्ठमण्डपले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
बायोमेडिकलका विप्लव थापा १५ गोलका साथ सर्वाधिक गोलकर्ता बने । सोही टोलीका प्रज्वल प्याकुरेल उत्कृष्ट गोलकिपर कृष्ण दुलाल उत्कृष्ट खेलाडी घोषित भए ।
आयोजक विराटनगर सिटी फुटबल क्लबका सिइओ सुवाशिस कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रण वालेन्दु हमाल, विश्वविद्यालयकै अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी दिर्नेशक सञ्जेश प्रसाद कोइराला, सह परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, सह प्राध्यापक तीर्थ सापकोटा, आर्थिक प्रशासन प्रमुख खगेन्द्र राज ढकाललागयतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहेको प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनल एजुकेसन कन्सलटेन्सी, एपी फिज र फ्रुटी, कोका कोला, वेन्चवामर, कयो, काप, बयोधा हस्पिटल, द आस्थिक कर्पोरेट, टीसी वान, कान्डुका, नेप्लेज डटकम र भेन्यु पार्टनरको रुपमा अर्किड कलेज रहेका थिए ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]