default_image

2 years ago

September 11, 2023

घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन

579 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार बसेको १६ औं कार्यकारी बैठकले घिसिङलाई सफ दि मिसन मनोनित गरेको एनओसीले जनाएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपाली डेपुटी सेफ दि मिसनमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र राखेपका बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ । बैठकले ओलम्पिक बडा पत्र अनुसार सेफ दि मिसन र डेपुटी सेफ दि मिसन चयन गरेको हो ।

एसियाडमा सहभागी हुने खेलाडी, पदाधिकारी र अरू सदस्य सेफ दि मिसनको जिम्मेवारीमा रहने छन् ।सेफ दि मिसन खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने एनओसीले जनाएको छ ।

बैठकले एसियाडमा भाग लिने खेल र त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । जस अनुसार २९ खेलमा २ सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । भदौ १२ मा भएको भएको अनलाइन डेलिगेसन रजिस्ट्रेसन बैठक (डिआरएम) अनुसार यो निर्णय गरिएको एनओसीले जनाएको छ ।

डेलिसेसन बैठकमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक बैद्य र कार्यालय सचिव सुजनलाल श्रेष्ठ तथा परिषदको बोर्ड सदस्य धमलाले भाग लिएका थिए । अब भौतिक उपस्थितिमा अन्तिम डिआरएम भदौ ३० मा हाङझाउमा बस्नेछ ।

निर्णय अनुसार नेपालका तर्फबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ ।

यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, कराँतेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.