2 years ago
August 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धन प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययनका लागि चीनको शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चर जाने भएकी छिन् ।
नेपाल तेक्वान्दो संघका अनुसार उनी सोमबार त्यसतर्फ जाने भएकी छिन् । चीनको हान्झाउमा १९ औं एसियाली खेलकुद (असोज ६ देखि २१ गते सम्म) पछि हुने एसियाली पारा खेलकुदमा पलेशाले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
पलेशा विश्व वरियतामा सातौं स्थानमा छिन् । टोकियो २०२० पारा ओलम्पिकमा पलेशाले दुई खेल जित्ने क्रममा अमेरिका र सर्वियाकी खेलाडीलाई हराएकी थिइन् । चीनकी खेलाडीसँग पराजित हुँदै पलेशा पदकबाट विमुख भएकी थिइन् । पलेशाले बहराईन युथ एशियाली पारा खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।
पलेशाले चनिमा राम्रो तेक्वान्दो क्लबमा प्रशिक्षणको मौका पाउने सम्भावना रहेकोले एसियाली पारा खेलकुदमा उनीले कडा चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । तेक्वान्दो संघबाट चीनको तेक्वान्दो संघ संग समन्वय गरेर तेक्वान्दो प्रशिक्षणको व्यवस्थाको मिलाउने प्रयास गरिएको राष्ट्रिय पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले बताएका छन् ।
पलेशालाई आइतबार तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ्ग, केन्द्रिय सदस्य बब्लु शिवाकोटी र प्रशिक्षक लामालगायतले विदाई गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]