2 years ago
August 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली चेस खेलाडीले संयुक्त अरब इमिरेट्स (युएई) चेस महासंघको आयोजनामा दुबईमा हुने एसियन एमेच्योर चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
भदौ ११ गते देखि १७ गते सम्म हुने प्रयिोगितामा भाग लिनका लागि नेपाली खेलाडी आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।
गत असारमा धनगढीमा भएको पाचौ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष् फुयाल (पुरुषतर्फ) र कैलाली की कुसुम पाण्डे (महिलातर्फ) सहित धन बहादुर बोगटी, भिमदत्त पाण्डेय, राजिव कार्की, दोलखा ,जित बहादुर केपछाकी, गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाईले प्रतियोगितामा भाग लिलनेछन् ।
आषिशले २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालमा १९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
दुबई प्रस्थान गर्ने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे । सो अवसरमा महासंघका अध्यक्ष विदुर प्रसाद गौतमसहित अन्य पदाधिकारीको उपस्थिति थियो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]