2 years ago
August 25, 2023
साँगा, काभ्रे (हाम्रो खेलकुद)– काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलले शुक्रबार ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियनहरुले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए ।
४ पटक ओलम्पिकमा भाग लिएका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, कोषाध्यक्ष स्नेहा राणा र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विधार्थीहरुलाई आफ्नो खेल जीवनको सुरुवात, सफलता, असफलता, खेलाडीप्रति समाजको दृष्टिकोणका बारेमा चर्चा गरेका थिए ।
विधार्थीहरुले खेलकुद र अध्ययनलाई कसरी सँगै अघि बढाउन सकिन्छ ? नेपाली खेलाडीले ओलम्पिकमा अहिले सम्म सफलता प्राप्त गर्न नसक्नुको कारण के हुन सक्छ ? आफूलाई कुन खेल उपयुक्त हुन्छ भन्ने कसरी थाहा पाउन सकिन्छ ? भन्नेलगायतका जिज्ञासा राखेका थिए ।
ओलम्पियन राणाले सबैका लागि २४ घन्टाको समय हुने भएकोले समय व्यवस्थपन गर्दा अध्ययन र अभ्यासलाई सँगै अघि बढाउन सकिने अनुभव सुनाइन् । चिकित्सक समेत रहेकी राणा नेपाल प्रहरी अस्पतालमा कार्यरत छिन् र उनी प्रहरी निरिक्षक हुन् । खेलाडी संघका अध्यक्ष श्रेष्ठले ओलम्पिकमा सफल हुन लागि सरकारले नै दीर्घकालिन योजना गरेर खेलाडीमा लगानी गर्न सकेको खण्डमा सफलताको आशा गर्न सकिने बताए ।
संघका अध्यक्ष विष्ट आफूले आफूले भलिबलबाट खेल क्षेत्रमा प्रवेश गरेपनि पछि आफ्नो लागि मार्सल आउट उपयुक्त हुने लागेर तेक्वान्दो खेलमा प्रवेश गरेको अनुभव सुनाए । त्यो निर्णय सहि भएर नै आफू देश भित्र र दक्षिण एसियाली क्षेत्रमा च्याम्पियन बन्न सफल भएको अनुभव विष्टले साटे ।
ओलम्पियन मानन्धरले स्कुल जीवनबाट दौडन सुरु गरेको तर त्यति बेला ओलम्पिक भन्ने थाहा नभएको बताए । उनले ओलम्पिकमा भाग लिने क्रममा नाम दर्ता गर्नुपर्छ पनि भन्ने थाहा अवस्थाबाट अघि बढेर ४ पटक सम्म ओलम्पिक खेलेको प्रसंग विधार्थीहरुलाई सुनाए ।
ओलम्पियन देवु थापाले जुम्लामा एथलेटिक्सबाट खेल्न सुरु गरेपनि नेपाल पुलिसमा आबद्ध भएपछि गुरुहरुको सल्लाहमा जुडोमा प्रवेश गरेको अनुभव सुनाइन् । २७ वर्ष जुडोमा राष्ट्रिय च्याम्पियन बनेको र ओलम्पिक सम्म पुगेकोमा आफूलाई गर्व लागेको सुनाइन् ।
नेपाल सेनमा आबद्ध भएपछि खेल जीवन सुरु गरेको ओलम्पिन भण्डारीले भने, मलाई खेल्न मन थियो । तर आमाले आर्मीमा भर्ती भएपछि जे खेल्दा पनि हुन्छ । घाइते भए सेनाले उपचार गर्छ, सेवा अवधि सकेपछि पेन्सन हुन्छ भनेर सल्लाह दिएपछि सेनामा प्रवेश गरे । त्यहिबाट खेल जीवन सुरु गरेर एथलेटिक्समार्फत आफूलाई परिचित गराउन सक्दा गर्व महसुस हुन्छ ।
प्रहरी स्कुलका विधार्थीहरुले नृत्य, जुडो, कराते, तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । स्कुल इन्चार्ज फणिन्द्र प्रसाईले ओलम्पियनहरुसँगको अन्तरक्रियाले विधार्थीहरुमा उजाई थपिएको विश्वास व्यक्त गरे । इन्चार्ज प्रसाई, प्रिन्सिपल मोहन पौडेलले ओलम्पियनहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
ओलम्पियन संघको सहकार्यमा गत महिना कीर्तिपुरको नेपाल एपिएफ स्कुलले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । त्यसअघि विभिन्न प्रदेश खेलकुद विकास परिषद्ले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । कर्णालीले सुर्खेत र जुम्लामा, सुदूरपश्चिमले धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरीमा, लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम गरेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]