default_image

2 years ago

August 4, 2023

हाम्रो खेलकुदको यात्रा आठ वर्ष पूरा

1057 views

0 Bookmark

हाम्रो खेलकुद डट कमले आज आठौं वर्ष पूरा गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख, विचार प्रस्तुत गर्नुका साथै देशको खेलकुद क्षेत्रको उन्नतीका लागि सञ्चारक्षेत्रले खेल्नु पर्ने भूमिका निर्वाह गर्नका लागि सुरु भएको हाम्रो यात्रा जति कठिन रह्यो त्यति नै रोमान्चक रह्यो ।

यो यात्रामा साथ दिनुहुने पाठक, श्रोता र दर्शक प्रति हामी आभारी छौं । यो अवसरमा हाम्रा सहयोगी र शुभ चिन्तकहरुलाई धन्यवाद दिन चाहन्छौं ।

स्थापनाकालको सातौं वार्षिकोत्सवका गत वर्ष हामीले आ आफ्नो समयमा देशको प्रतिष्ठा बढाउनका लागि खेलकुदका माध्यमबाट भूमिका निर्वाह गर्नुहुने सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ अर्पण गरेका थियौं । यसपटक वर्षका उत्कृष्ट खेलाडी एक महिला र एक पुरुषलाई सम्मान गर्नेछौं ।

आजैबाट हामीले हाम्रो खेलकुदको नयाँ लोगो सार्वजनिक गर्दैछौं । स्थापनाकालदेखि एउटै लेआउटमा रहेको हाम्रो खेलकुदको लेआउट परिवर्तित नयाँ स्वरूप पनि आज नै सार्वजनिक गर्दैछौं ।

हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौतीको सामना एकै पटक गर्नुपर्ने हुन्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ ।

हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । फर्केर हेर्दा यो यात्राका एक एक दिन हाम्रा लागि प्रयोगात्मक र रोमाञ्चक थिए । त्यसमा हामीलाई गर्व छ । यसमा सबैभन्दा ठूलो साथ हामीले पाठकहरुबाट पाएका छौं ।

देशको पत्रकारिताको इतिहास लामो भइसकेको छ । तर अनलाइन पत्रकारिता र त्यसमा पनि बिटगत अनलाइन पत्रकारिताको अभ्यास सुरु भएको धेरै समय भएको छैन । त्यस्तोमा व्यावसायिक खेल पत्रकारिताका माध्यमबाट देशको खेलकुद विकासमा भूमिका निर्वाह उद्देश्यका साथ यात्रा सुरु गर्नु पनि त्यतिकै जोखिमयुक्त थियो ।

सम्भावनाका बीचबाट सुरु गरिएको यात्रा यहाँ सम्म आइपुग्दा थुप्रै तितामिठा अनुभव संगालेका छौं । ती हाम्रा सम्पत्ति हुन् । खेलकुद पत्रकारितालाई अझै फराकिलो बनाउनका हाम्रो खेलकुद त्यसैको एउटा प्रयास हो ।

सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालीले संचालन गरेको हाम्रो खेलकुदलाई सुरुवातदेखि विश्वास गर्नुहुने पाठकप्रति हामी सदैव ऋणी छौं । तपाईहरुको विश्वास, साथ र हौसला विना यो यात्रा सम्भव नै थिएन ।

हाम्रो प्रयासमा साथ दिनुहुने सम्पूर्ण विज्ञापनदाता प्रति आभारी छौं । व्यावसायिक पत्रकारिताका लागि विज्ञापन पनि त्यत्तिकै महत्वपूर्ण पक्ष हो ।

पत्रकारितामा हरेक दिन सञ्चारमाध्यमको पनि परीक्षा हुन्छ । हामी सम्भव भएसम्म खरो उत्रने प्रयासमा छौं । असामान्य अवस्थामा सञ्चारमाध्यमको भूमिका झन बढी हुने हामीले अनुभव गरेका छौं ।

सुरुवातको केहि समय पाठकमा पुग्न र स्थापित हुनका लागि समय लाग्नु स्वभाविक थियो । खेलकुदमा रुची राख्ने अधिकांश पाठकका माझमा पुग्न हामीले अझै लामो यात्रा तय गर्नुपर्ने हुन सक्छ । हामी त्यसका लागि धैर्यतापूर्वक प्रयास जारी राख्नेछौं ।

सिमित स्रोत साधन बाबजुद पनि विभिन्न खेलका प्रतियोगितालाई प्रत्यक्ष प्रसारण मार्फत यहाँसम्म जोड्ने हाम्रो प्रयासलाई अझ वृहत बनाउने हाम्रो लक्ष्य रहेको छ । सञ्चारमाध्यमले डिजिटल प्लेटफर्मलाई जति बढी प्रयोग गर्न सक्यौं त्यति नै दर्शक, पाठकका पुग्न सकिन्छ । हामीले त्यसमा सचेत छौं ।

यसै वर्ष हाम्रो खेलकुदको युट्यूब च्यानललाई सस्क्राइब गर्नेको १ लाख भन्दा बढी नाघेको छ । हाम्रा लागि यो महत्वपूर्ण उपलब्धि हो ।

आठौं वार्षिकोत्सवको अवसर पारेर हाम्रो खेलकास्ट पनि सुरु गर्दैछौं । खेलकुद पत्रकारितामा हामीले एउटा इट्टा थप्ने प्रयास गरेका छौं । यसलाई पनि हामीले एउटा सुरुवातका रुपमा नै लिएका छौं ।

देशको खेलकुद विकास, व्यवसायिक खेलकुदको स्थापनाका लागि हामीले आफ्नो माध्यमबाट अझ धेरै गर्न बाँकी छ त्यसका लागि हामी निरन्तर प्रयासमा रहनेछौं । खेलकुद भित्रका बिसंगती र बेथितीविरुद्ध उजागरका लागि पनि हामी लागिरहनेछौं । देशको खेलकुदको प्रगतीमा नै हाम्रो प्रगती छ ।

प्रतिस्पर्धात्मक युगमा आउने दिन अझै पक्कै चुनौतीपूर्ण नै रहनेछन् । हामीले आफूलाई पनि थप परिकृत गर्दै लैजानु पर्ने हुन्छ । हामी त्यसप्रति सजग र सचेत छौं ।

जस्तो सुकै अवस्थामा पनि हामी आफ्नो व्यवसायिक धर्मबाट कहिल्यै विचलित हुने छैनौं । फेरि पनि अन्त्यमा आठौं वार्षिकोत्सवका अवसरमा हामीलाई साथ दिनुहुने सबै प्रति आभार व्यक्त गर्दछौं ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.