2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एक्सन फर नेसन्सले नेपालको प्रबर्द्धन गर्न अमेरिकामा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । वुमन ईम्पावरमेन्ट, स्ट्रिट डग रेस्क्यू, गरीबी उन्मुलन र समाजमा व्याप्त अन्य समस्यासंग जुध्दै विभिन समाजिक सेवामूलक अनुकरणीय काम गर्दै आएको गैर नाफामूलक संस्था एक्सन फर नेसन्सले गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्ट नाम दिइएको यो प्रतियोगिता आगामी अक्टोबर १ तारिखमा अमेरिकाको सिलिकन भ्याली क्यालिफोर्नियामा हुने बताएको छ । ‘संसारभर छरिएर बसेका नेपाली गल्फरहरुलाई संगठित बनाउदै सिलिकन भ्यालीमा नेपाललाई प्रबर्द्धन गर्ने प्रतियोगिताको आयोजनाको मुख्य उद्देश्य हो,’ एक्सन फर नेसन्सका ग्लोबल अध्यक्ष प्रकाश थापाले भने, ‘प्रतियोगिताको माध्यमबाट गल्फरहरुबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ होस भन्ने हाम्रो चाहना छ ।’
अध्यक्ष थापाले प्रतियोगितामा नेपालबाट प्रोफेसनल गल्फर तथा प्रशिक्षक सचिन भट्टराई सहभागी हुने पक्का भैसकेको बताए ।एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्टमा सहभागी हुनेलाई उपहारको व्यवस्था र विजेतालाई नेपाल भ्रमणको आकर्षक प्याकेजको व्यवस्था गरिएको बताइएको छ ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]