default_image

2 years ago

August 3, 2023

कीर्तिपुरमा स्कूल टु ओलम्पिक कार्यक्रम

360 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा ओलम्पिकका ४ पटक सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता थियो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्ग पनि वृक्षारोपणमा सहभागी थिए ।

त्यसपछि आयोजित अन्तक्र्रियामा ओलम्पियनहरुले झण्डै ४ सयको संख्यामा रहेका विद्यार्थीसँग अनुभव साट्दै उनीहरुको जिज्ञासा शान्त पार्ने प्रयास गरेका थिए । नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महत्व र ओलम्पिक चार्टर तथा नेपालमा ओलम्पिक अभियान बारे प्रकाश पारेका थिए ।

ओलम्पियन बैकुण्ठ मानन्धरले नेपाली ओलम्पियनहरुले आफ्नै बल बुँताले नेपाल र नेपालीको गौरव उचो राख्ने काम गरेको बताए । एपीएफ स्कूलका धावक अजित यादवले जुनियर एशियन च्याम्पियनसिप जितेको उदाहरण दिंदै मानन्धरले चाह्यो भने सबैले खेलकुदमा आफ्नो छुट्टै स्थान बनाउनसक्ने भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिए ।

त्यस्तै छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने नेपालको पहिलो पुरुष खेलाडी दीपक बिष्टले आफुले निकै ढिलो तेक्वान्दो शुरु गरेर पनि सफलता प्राप्त गरेको भन्दै सानै उमेरबाट खेलकुदमा लागे सफलता छिटो हात लाग्ने बताए । चोटग्रस्त हुँदा पनि राष्ट्रको लागि खेल्नुपर्छ भन्ने भावना भएकाले नै आपूmले ४ पटक सागको स्वर्ण पदक, एशियाली खेलकुदमा २ काश्य पदक र ओलम्पिकमा सहभागिता जनाउन सफल भएको उल्लेख गरे ।

धावक राजेन्द्र भण्डारीले डोपिङ प्रकरणमा परेर सागको २ वटा स्वर्ण गुमाएको प्रसङ्गmाई जीवनको कालो दिनको रुपमा लिएको बताए । तर, आपूmमाथि लागेको दागलाई मेट्नैपर्छ भन्ने उदेश्य लिएर अघि बढ्दा नै सागमा अर्को स्वर्ण जित्न सकेको उनले सुनाए । खेलाडीको जीवनमा नसोचेका उतारचढावहरु आउने भएकाले चनाखो हुन उनले आग्रह गरे ।

ओलम्पियन प्रमिला रिजालले महिलालाई अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रमा लाग्न पनि सजिलो नरहेको बताइन् । घर परिवार र समाजको बन्धनलाई चिर्दै अघि बढेकाले नै आपूm एपीएफ क्लबको एकमात्र ओलम्पिन हुन सकेको उनले सुनाइन् ।
कार्यक्रममा फुटबलका पूर्वकप्तान अनिल गरुङले नाम र दामको लागि भन्दा पनि राष्ट्रको लागि केही गर्ने र राष्ट्रिय झण्डा अङ्कित जर्सी लगाउने लोभमा आपूm फुटबलमा लागेको सुनाए । देशकै अवस्था राम्रो हुन नसकेकाले खेल र खेलाडीको अवस्थामा सुधार नआएको उनको कथन थियो ।

अन्तक्र्रियामा विद्यार्थीले खेलाडीहरुलाई नेपालमा खेल र खेलाडीको अवस्था, खेलमा लागेर हुनसक्ने कमाई, राज्यले लिएको खेल नीति र ओलम्पिकमा सहभागिता जनाउन गर्न पर्ने मिहेनतबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा एपीएफ स्कूलका विद्यार्थीले नृत्य र तेक्वान्दोको फाइट प्रस्तुत गरेका थिए ।

एपीएफ स्कूलका प्रधानाध्यापक युवारज पराजुली र स्कूल इन्चार्ज डीएसपी लक्ष्मी थपलियाले ओलम्पियनहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । ओलम्पियनहरुको जीवनबाट विद्यार्थीहरुले धेरै नै सिक्ने मौका पाएको उनीहरुको कथन थियो ।
संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरिसकेको छ । छिट्टै नै गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम गरिने संघका अध्यक्ष दीपक बिष्टले जानकारी दिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.