2 years ago
July 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हालै राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका हरि हजुर थापाले १९ औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने भएका छन् । चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा आफू परेपनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सन्जालमार्फत जनाएका छन् ।
हरि हजुरले फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको लागि अन्तिम छनोटमा पर्नु भएको सम्पूर्ण पुरुष खेलाडीहरुलाइ हार्दिक बधाई साथै जितको अग्रिम शुभकामना छ । जसमा म स्वयम छनोटमा भएता पनि मेरो स्वास्थ स्थितिले गर्दा ट्रेनिङमा सरिक हुन नसकेको जानकारी गराउँदछु ।’
शनिबार मात्रै नेपाल भलिबल संघले हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको थियो । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण देखाउँदै हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको संघले जनाएको थियो ।
शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको घटनामा हरि हजुर दर्शकतर्फ आक्रोशित भएको भूमिकाप्रति संघ सन्तुष्ट हुन नसकेकोले कारवाही गरेको थियो ।
संघले गत महिना मात्र हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । इम रानाले राष्ट्रिय टोली प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेपछि हरि हजुर नयाँ कप्तान नियुक्त भएका थिए । हरि हजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।
पिएम कपकै सोमबारको सो घटनामा दर्शकलाई हातपात गरेका राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई संघले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको छ । सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्य समेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ ।
त्यस्तै अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेतना गराउने संघले निर्णय गरेको थियो । संघले हरिलाई प्रतिबन्ध नलगाएपनि कप्तानको जिम्मेवारी हटाएको थियो । सोमबार मात्रै संघले त्रिभुवन आर्मी क्लबकै स्पाइकर मानबहादुर श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको थियो ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]