default_image

2 years ago

July 16, 2023

प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित

238 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड
प्रदेश खेलकुद विकास बोर्ड कोशीले आफ्नो प्रदेशका सेवानिवृत्त तथा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इटहरीमा आइतबार कार्यक्रम आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।

बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई ५० हजारसहित लाइभ टाइम एचिभमेन्ट अवार्डाट सम्मान गर्यो । त्यस्तै, हालै माल्दिभ्समा सम्पन्न १३ औँ दक्षिण एसियाली शारीरिक सुगठनका स्वर्णधारी झापाका ललित धिमाललाई २५ हजारसहित सम्मान गरिएको छ ।

कार्यक्रमको अवसर पारेर बोर्डले आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट जिल्लाको रुपमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलाई १५ हजारसहित सम्मान गरेको छ ।

त्यस्तै, फिफा सहायक रेफ्री किरण गिरी, सुनसरी जिल्ला भलिबल संघ, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला, स्पाइनल इन्ज्युरी संघ सुनसरीलाई पनि सम्मान गरिएको थियो । गिरीलाई १५ हजार र अन्यलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

तेस्रो दक्षिण एसियाली योगा खेलकुदमा स्वर्ण जित्ने झापाकी स्वेच्छा थापा, एसिसी मेन्स यु १६ इस्ट जोन कप क्रिकेटका मोरङका कृतिक कामत, मलेसियामा भएको अन्तर्राष्ट्रिय करातेका स्वर्णधारी सुनसरीका अशेष मगर, एसियन सेन्ट्रल जोन सिनियर महिला बिच भलिबलकी स्वर्णधारी पाँचथरकी कोपिला उप्रेतीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, एसियाली योगा खेलकुदमा रजत जित्ने झापाका जय चौधरी, युएइमा भएको एसियन युथ एन्ड जुनियर बक्सिङकी कास्य विजेता झापाकी नरिका राई, थाइल्यान्डमा भएको एसिया यु२२ बक्सिङ च्याम्पियासिपकी कास्यधारी झापाकी त्रिसा जवेगू र नेपालमा भएको काभा महिला भलिबलमा कास्य जित्ने खोटाङकी शान्तिकला तामाङ पनि सम्मान गरिएको थियो ।

बोर्डले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक पाउने खेलाडीलाई १५ हजारसहित सम्मान गरेको थियो ।
त्यस्तै, नवौँ राष्ट्रिय खेलकुदमा आर्चरीमा रजत पदक जित्ने अञ्जु राई सुनसरी र स्मृति उप्रेती झापालाई ५० हजारसहित सम्मान गरियो ।

बोर्डले १३ औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्ने सातजना, रजत पदक जित्ने १३ जना र कास्य पदक जित्ने १९ जनालाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण पदकलाई १५ हजार, रजत पदकलाई १० हजार र कास्य पदक जित्ने खेलाडीलाई नगद पाँच हजार प्रदान गरियो ।

त्यस्तै, १३ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक जिताउने १२ जना प्रशिक्षक तथा व्यवस्थापकलाई ५ पाँच हजारसहित सम्मान गरिएको थियो । पुरस्कृत खेलाडी तथा प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, कार्यक्रमका अध्यक्ष प्रदिप भगतलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.