2 years ago
July 15, 2023
सिमरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ ।
अधिवेशनले सुनील गाउँलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, नवराज चौलागाँई र श्याम गुप्ता सर्वसम्मत चयन भएका छन् ।
यसअघि नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको प्रमूख आतिथ्यता तथा नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराका अध्यक्ष सुनील गाउँलेको अध्यक्षतामा अधिवेशनको उद्घाटन भएको थियो ।
समारोहमा पत्रकार महासंघ मधेश प्रदेशका पूर्व सचिब गुरु प्रसाद गौतम, बरिष्ठ पत्रकार प्रकाश लम्साल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, प्रेस सेन्टर बाराका उपाध्यक्ष प्रदिप गौतम, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, पत्रकार राजमणी बराल लगायतको उपस्थिती रहेको थियो ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]