2 years ago
July 8, 2023
विजय नेपाली, पोखरा
खेलकुद विकास मञ्च पोखराको आयोजनामा अर्को साता याम (राम) बहादुर थापा स्मृति प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।
पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिता शुक्रबार र शनिबार २ दिन सन्चालन हुने बताएको छ । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको शनिबार आयोजित रनिङ्ग शिल्ड सार्वजनिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए ।
वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थापाले बताए । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले भविष्यमा पनि खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने मन्चले जनाएको छ ।
प्रतियोगिताको तयारी चलिरहेको खेल संयोजक विकिता तामाङले जानकारी दिइन् । उनका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टोलीले ट्रफी पाउनेछन् । ४ हजार ५ सय दर्ता शुल्क तिरेर असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ ।
प्रतियोगितामा करिब ३० टोलीको सहभागिता रहने आयोजकको अनुमान छ । फुड स्टेसन जापान मुख्य प्रायोजन गरेको प्रतियोगितामा विभिन्न व्यवसायी तथा समाजसेवीले सहयोग रहेको बताइएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठले मञ्चको तर्फबाट गर्नसक्ने सहयोग गर्न तयार रहेको बताए । पत्रकार सम्मेलनमा ढुंगेखोला टोल विकास समितिका अध्यक्ष विश्वनाथ पौडेल, व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य लिला चपाईँ लगायतको उपस्थिति थियो ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]