2 years ago
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । एपिएफले दावालीलाई २५-२२, २५-१३ र २५-२३ ले हराउँदै तीन महत्वपूर्ण अंक बटुलेको छ ।
त्यसअघिको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि ३-२ को रोमान्चक जित हात पारेको थियो । पुलिसले गण्डकीलाई २५-२१, २५-१६, १३-२५, २४-२६ र १५-१० को सेटमा पराजित गरेको थियो ।
त्यसअघि आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्यो । आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो ।
आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]