1 year ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले छैठौं हिरोईज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा एक स्वर्ण र दुई रजत पदक जितेका छन् ।
थाइल्याण्डको राजधानी बैंककमा भएको प्रतियोगिताको पुम्से मास्टर्स समूहमा विशाल कडेलले स्वर्ण पदक जितेका छन् । विशालले दिएको जानकारी अनुसार उनले ८० केजी तौल समूहमा रजत पदक पनि जितेका छन् ।
इन्टर नेसनल मास्र्टस समुहको पुम्सेमा अर्का खेलाडी विश्वास अर्यालले रजत पदक जितेका छन् । विशाल र विश्वासले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय पदक जितेका थिए । प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका खेलाडी सहभागी रहेको बताएको छ ।
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]