2 years ago
July 1, 2023
हिमाल खरेल, विराटनगर
तीन स्वर्ण पक जित्दै कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा टिम च्याम्पियन बनेको छ । विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा कोशीले पुरुष सिंगल, महिला डबल्स र पुरुष डबल्समा स्वर्ण पदक जितेको हो ।
महिला सिंगल्समा बागमती प्रदेश र मिक्स डबल्समा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण जिते । प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा लुम्बिनी प्रदेशकी ऋतिका चौधरीलाई बागमती प्रदेशकी जर्जिया चौधरीले ४–१ को सेटमा हराउँदै स्वर्ण जितिन् । ऋतिकाले रजत तथा एपिएफकी भगवती विक र लुम्बिनीकी रोशिका पोखरेलले कास्य पदक जितिन् ।
त्यस्तै, पुरुष सिंगल्सतर्फ कोशीका युकेश योञ्जनले बागमतीका प्रदिप खत्रीलाई ४–० को सेटमा हराउँदै स्वर्ण पदक जिते । एपएिफका कमल भण्डारी र बागमतीका बृजेश पाण्डेले कास्य पदक प्राप्त गरे । महिला डबल्सतर्फ कोशीका श्रेया योञ्जन र श्रेया राईको जोडीले बागमतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीलाई १०–८ को टाइमा हराउँदै स्वर्ण जित्यो । लुम्बिनीका रोशिका पोखरेल र सुमित्रा खनाल तथा ऋतिका चौधरी र विमला पन्थीको जोडीले कास्य पदक पाए ।
मिक्स डबल्समा एपिएफका भगवती विक र कमल भण्डारीको जोडीले बागमतीका जर्जिया चौधरी र प्रदिप खत्रीको जोडीलाई ५–३ को सेटमा हराएर स्वर्ण पदक जित्यो । कोशीका युकेश योञ्जन र श्रेया योञ्जन जोडी तथा लुम्बिनीका सुरज चौधरी र ऋतिका चौधरीको जाडीले कास्य पदक प्राप्त गर्यो ।
त्यस्तै, पुरुष डबल्सतर्फ कोशीका युकेश योञ्जन र आशिष बोहोराको जोडीले कोशीकै आभाष बुढाथोकी र असलेस ढकालको जोडीलाई ५–२ सेटमा हराउँदै स्वर्ण पदक जित्यो । लुम्बिनीका सुरज चौधरी र कुमार गिरी तथा एपिएफका कमल भण्डारी र भीमबहादुर थापा मगरको जोडीले कास्य पदक जित्यो ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा विजेता खेलाडीलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, संघका मोरङ अध्यक्ष श्यामकुमार लामा लगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्सका खेलहरु भएका थिए । सबै विधाका स्वर्ण पदक विजेतालाई ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]